शेयरधनीलाई पुरानो लाभांश लिन एनएमबि बैंकको आग्रह

१९ श्रावण २०७८, मंगलवार १३:३७

काठमाडौं । एनएमबि बैंकले साविकका कञ्चन डेभलपमेण्ट बैंकका शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । बैंकले आथिर्क वर्ष २०६९।७० देखि लिन बाँकी रहेको लाभांश लिन आग्रह गरेको हो ।

उक्त लाभांश रकम सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने पनि कम्पनीले जानकारी गराएको छ । कम्पनीले शेयरधनीलाई शेयर रजिष्ट्रार एनएमबि क्यापिटल नागपोखरीमा सम्पर्क गरी लाभांश लिन भनेको छ ।

साथै बैंकले विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि चल्ती नभएका तथा दाबी नपरेका निक्षेप खाताहरुमा मौज्दात रहेको रकम लिन पनि सम्बन्धित निक्षेपकर्ता तथा हकवालालाई आवश्यक प्रमाणपत्रसहित कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*