आत्मनिर्भर लघुवित्तले १ करोड ८० लाखको आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सनराईन क्यापिटल नियुक्त

१९ श्रावण २०७८, मंगलवार १४:०२

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने बिक्रि प्रबन्धक नियुक्त गरेको छ।

दाङको घोराहीमा रजिष्ट्रार कार्यालय रहेको कम्पनीले साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेकोे हो । उक्त सम्झौतापत्रमा लघुवित्तको तर्फवाट सिईओ सौगत बीर चौधरी र क्यापिटलको तर्फवाट सिईओ बिजय लाल श्रेष्ठका बीच हस्ताक्षर भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*