आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१९ श्रावण २०७८, मंगलवार १५:०९

काठमाडौं । आज पूँजी बजारमा २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँको कारोबार भएको छ ।

आज हाइड्रोपावर र लघुवित्तमा लगानीकर्ताहरु झुम्मिएका छन् । मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको आज ४६ करोड ८२ लाख १७ हजार ९० रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, ङादी ग्रुप पावरको ४३ करोड ३२ लाख, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ३३ करोड ८६ लाख, स्वालम्बन लघुवित्तको ३० करोड ४ लाख र निर्धान उत्थान लघुवित्तको २९ करोड ६६ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*