ऐतिहासिक उचाइतिर शेयर बजार : नेप्से ३ हजारमाथि, कारोबार साढे ११ अर्ब माथि

१९ श्रावण २०७८, मंगलवार १५:१९

काठमाडौं । शेयर बजार मापक सूचक नेप्सेले हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । मंगलबार नेप्से दोहोरो अंकले बढेर ३१११.०९ बिन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च अंक हो ।

यसभन्दा अघि साउन १३ गते बुधबार नेप्से ३०९४.९४ बिन्दुको रेकर्ड कायम रहेको थियो । आज नेप्से परिसूचक २६.०२ अंकले बढेर हालसम्मकै उच्च विन्दु कायम गरेको हो ।

मंगलबार पूँजी बजारमा बजारमा २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज हाइड्रोपावर र लघुवित्तमा लगानीकर्ताहरु झुम्मिएका छन् । सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको आज ४६ करोड ८२ लाख १७ हजार ९० रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, आज २ कम्पनीको शेयरमा पाजेटिभ सर्किट लागेको छ भने ५ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*