नेप्सेले ऐतिहासिक रेकर्ड राख्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

१९ श्रावण २०७८, मंगलवार १५:३१

काठमाडौं । नेप्सेले हालसम्मै उच्च विन्दु कायम गरेको छ । आज पूँजीबजारमा २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर किनबेच हुदा साढे ११ अर्ब माथिको कारोबार भएको छ ।

आज पाँचथर पावर कम्पनी र रुरु जलविद्युत परियोजनाका शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै जिवन विकास लघुवित्त वित्तीय संस्था, यूनियन लाईफ इन्स्योरेन्स कम्पनी, घलेम्दी हाईड्रो कम्पनी, लिबर्टी इर्नजी कम्पनी, स्वालम्बन लघुवित्त वित्तीय सस्थाको आज सर्किट लेभलमा कारोबार भई सर्वाधिक कमाउन सफल भएको हो ।

त्यस्तै आज गुमाउने कम्पनीहरुमा यूनिलिभर नेपाल लिमिटेडको ३.७९ प्रतिशत अकं, नबिल ब्यालेन्सड् फण्डको २.३३ प्रतिशत अकं, एनआईबिल प्रगति फण्डको २.०४ प्रतिशत अकं र ग्रीन डेभलपमेन्ट बैंकको १.९७ प्रतिशत अकंले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*