कुमारी बैंकद्धारा निर्माणधीन अक्सिनन प्लान्टलाई ३ लाख सहयोग

१९ श्रावण २०७८, मंगलवार १६:४६

काठमाडौँ । कुमारी बैंक लिमिटेडले उदयपुर जिल्लाको बेलका नगरपालिमा निर्माणको क्रममा रहेको अक्सिजन प्लान्टलाई ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

आज एक औपचरिक कार्यक्रममा बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज कुमारी चौधरीलाई बैंकको बेलका शाखाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । करिब ३ बर्ष देखी सेवा दिदै आएको बैंकले अक्सिजन प्लान्टलाई थप टेवा र सहजिकरण पुग्ने हिसाबले आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकले अहिले देशभरका १९४ शाखा कार्यालय, १६५ एटिएम र १३ एक्टेनशन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*