गणपति लघुवित्तको खुद नाफामा आयो आकर्षक सुधार

१९ श्रावण २०७८, मंगलवार १७:१७

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाले ४ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाले अघिल्लो वर्षको तुलनामा ७५.९१ प्रतिशत बढीले खुद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै, संस्थाको खुद ब्याज आम्दानी पनि ४०.७५ प्रतिशतले बढेर १३ करोड २५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापुँजी १२ करोड ७३ लाख रुपैयाँ रहेकोमा प्रतिशेयर आम्दानी ३३.०८ रुपैयाँ पुगेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १४४.२८ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*