महिला लघुवित्तको प्रतिशेयर आम्दानी ९२ रुपैयाँ, कति पाउँछन् लाभांश

२० श्रावण २०७८, बुधबार ०७:५५

काठमाडौं । गत वर्ष मात्रै आईपिओ निष्काशन गरेको महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ९२ रुपैयाँ भन्दा माथि आर्जन गर्न सफल भएको छ । आज प्रकाशित गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आवमा ९२.९८ रुपैयाँ प्रतिशेयर आम्दानी पुर्याउन सफल भएको छ ।

कूल १० करोड रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीले नौ करोड २९ लाख ८२ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । मुनाफा अघिल्लो आवको तुलनामा १६७.८६ प्रतिशतले बृद्धि गर्न सफल भएको देखिएको छ । यससँगै कम्पनीको वित्तीय विवरणमा छलाङ देखिएको छ । लघुवित्त कम्पनी मध्येकै उत्कृष्ट कम्पनी मध्येमा पर्न सफल भएको महिला लघुवित्तको शेयर मूल्य प्रतिकित्ता चार हजार भन्दा माथि छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८७.४६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७७.८८ प्रतिशत बढेको छ । लघुवित्तले असार मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा १० करोड रुपैयाँ छुट्याएको छ भने ४ करोड १५ लाख रुपैयाँ खराब कर्जा उठाएको देखिएको छ ।

महिला लघुवित्तको मूल्य आम्दानी अनुपात ५२.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२० रुपैयाँ ९० पैसा रहेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ६० प्रतिशतदेखि माथि हुने अनुमान छ । यसमा नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिलगायतका नियामकको भूमिका हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*