सामलिङ्ग पावरको ५ लाख कित्ता आईपीओमा आवेदन दिने मिति सर्यो

२० श्रावण २०७८, बुधबार ११:२४

काठमाडौं । साउन २२ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको सामलिङ्ग पावर कम्पनी लिमिटेडले आवदेन मिति सारेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीका अनुसार इलाममा साउन १८ गतेदेखि साउन २५ गतेसम्म निषधाज्ञा जारी भएको कारण निष्काशन मिति सारिएको हो । कम्पनीले पुनः अर्को सूचना प्रकाशित गरी आइपीओ निष्काशन मिति तय गर्ने जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकितमूल्यका ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

निष्काशन बन्द छिटोमा भदौ ४ गते हुनेछ भने ढिलोमा भदौ २० गते हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन।

नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट उक्त आइपीओमा आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*