फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखी लिलामीमा

२० श्रावण २०७८, बुधबार ११:३९

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर आज देखी लिलामीमा ल्याएको छ । कम्पनीले ८० हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकेको छ । आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोलपत्र पेश गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले उक्त संस्थापक शेयर खरिदका लागि आजदेखी साउन २६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखी अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी गोप्य शिलबन्दी बोलपत्र ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौमा पेश गर्ने सकिनेछ ।

साथै संस्थापक शेयर बाँडफाँड प्राप्त गर्ने शेयरधनिहरुले कम्पनीद्धारा साउन २० गते पछि सार्वजनिक हुने लाभाशं तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । कम्पनीको शेयर बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*