छिमेक लघुवित्तको अधिकांश सूचकमा सन्तोषजनक सुधार

२० श्रावण २०७८, बुधबार ११:५०

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सन्तोषजनक सुधार देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले १ अर्ब २१ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८७.२४ प्रतिशतले बढी हो ।

त्यस्तै, संस्थाको खुद ब्याज आम्दानी १७.७५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५१.८३ प्रतिशत बढेको छ ।

समिक्षा अवधिसम्ममा संस्थाको चुक्ता पूँजी २२ बढेको छ भने प्रतिशेयर आम्दानी अर्थात ईपीएस २५ रुपैयाँ १५ पैसा बढेर ६६ रुपैयाँ ४३ पैसा कायम भएको छ । साथै संस्थाको प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ ८५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*