उपकार लघुवित्त र रिभर फल्स पावरले आइपीओ जारी गर्ने बोर्डमा दियो आवेदन

२० श्रावण २०७८, बुधबार ११:५६

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा उपकार लघुवित्त वित्तीय र रिभर फल्स पावरले प्राथमिक शेयर ( आईपीओ) जारी गर्न आवेदन दिएको छ । उपकार लघुवित्तले २ करोड ६६ लाख र रिभर फल्स पावरले ३४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर जारी गर्न बोर्डसँग अनुमति मागेका हुन् । यी दुबै कम्पनीले साउन १३ गते शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो ।

उपकार लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २ लाख ६६ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन गर्न अनुमति मागेको छ । कम्पनीको बिक्रि प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ रहेको छ ।

त्यस्तै, रिभर फल्स पावरले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३४ लाख ३० हजार कित्ता आईपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*