तेह्रथुम पावरको आईपीओ भर्ने अवधि सकियो

२० श्रावण २०७८, बुधबार १२:२७

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ भर्नेे अवधि सकिएको छ । साउन ५ गते देखी साउन १९ गते सम्म बिक्रीमा आएको आईपीओ माग भन्दा बढी आवेदन परेकाले छिटो अवधिभित्र मात्र बिक्री गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ बिक्री गर्नेका लागि नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति पाएको थियो । कम्पनीले तेह्रथुम जिल्लाका आयोजनामा प्रभावित स्थानीयका लागि प्रतिकित्ता रु १०० अकिंत दरको ४ करोड बराबरको ४ लाख कित्ता शेयर जारी गरेको हो । स्थानीयमा १० प्रतिशत र कर्मचारी लगायत सर्वसाधारणमा २० प्रतिशत शेयर जारी गरेको थियो ।

स्थानीय र सर्वसाधारणमा शेयर बाँडफाँड पछि कम्पनीको चुक्ता पुँजी रु ४० करोड पुगेको कम्पनीले जनाएको छ । २०७६ फागुन १९ गतेदखी ब्यावसायिक उत्पादन सुरु गरेको कम्पनीको कुल लागत १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ ।
कम्पनीको शेयर बिक्री प्रबन्धकको रुपमा एनआईसीबिएल एस क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*