अपि पावरको सवा २ लाख भन्दा बढी हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

२० श्रावण २०७८, बुधबार १२:३२

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सवा २ लाख हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १३ गतेबाट उक्त शेयरमा आवेदन खुल्ला गरेको थियो ।

कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म निष्कासन गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूह तर्फको २ लाख १५ हजार ५ सय ९९ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

इच्छुक लगानीकर्ताले न्युनतम प्रतिसेयर १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी आज बेलुका कार्यालय समयसम्म आवेदन दिनुपर्नेछ । आवेदकले न्यूनतम एक सय कित्ताका लागि भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ हात्तिसार मार्ग, कमलादी, काठमाडौँ तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगंज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*