नेप्से १२ अंकले बढ्दा साढे १५ अर्बमाथिको कारोबार, अपि पावरको सर्वाधिक

२० श्रावण २०७८, बुधबार १५:१५

काठमाडौं । नेप्सेले एकपछि एक गर्दै ऐतिहासिक रेकर्ड राख्न सफल भएको छ । अघिल्लो दिन ३१११.०९ विन्दुमा पुगेको नेप्से आज बुधबार नेप्से परिसूचक १२ अंकले बढेर ३१२३.१५ विन्दुमा कायम भएको छ ।

आज २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ परिसूचकमा रहेको ७ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधिक हाइड्रोपावर समूहमा १९४.०७ अंकले बढेको हो ।

त्यस्तै सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर कम्पनी रहेको छ । कम्पनीको आज साढे ७९ करोड भन्दा माथिको कारोबार भएको हो । साथै आज ७ वटा कम्पनीको शेयरमा सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*