हाईड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२० श्रावण २०७८, बुधबार १५:२१

काठमाडौं । साताको चौथौं दिन बुधबार पुँजी बजारमा २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीको आज ७९ करोड ५० लाख १९ हजार ३८८ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ५६ करोड ७२ लाख, सानिमा माई हाइड्रोपावरको ५० करोड ३४ लाख, अरुण काबेली पावरको ४१ करोड ५५ लाख र छिमेकी लघुवित्तको ४० करोड ८९ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*