६ जलविद्युत कम्पनी सहित युनियन लाइफको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

२० श्रावण २०७८, बुधबार १५:३२

काठमाडौं । नेप्सेले ऐतिहासिक रेकर्ड राख्दा आज पूँजी बजारमा २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर किनबेच हुदा साढे १५ अर्ब माथिको कारोबार भएको छ ।

आज अपी पावर कम्पनी, खानीखोला हाईड्रोपावर, दिव्यशोरी हाइड्रोपावर, कालीका पावर कम्पनी, अपर तामाकोशी हाईड्रोपावर लिमिटेड, घलेम्दी हाईड्रो लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ ।

साथै जिवन विकास लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, सान्जेन जलविधुत कम्पनीको सर्किट लेभलमा कारोबार भई सर्वाधिक कमाउन सफल भएका हुन् ।

त्यस्तै आज गुमाउने कम्पनीहरुमा ङाग्दी गु्रप पावरको ५.३८ प्रतिशत अकं, लक्ष्मी इक्विटी फण्डको ४.७५ प्रतिशत अकं, पोखरा फाइनान्स लिमिटेडको ४.५१ प्रतिशत अकं र बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.३५ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*