आइपीओ निष्काशनको तयारीमा रहेको उपकार लघुवित्तको नाफामा छलाङ

२० श्रावण २०७८, बुधबार १६:२२

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफा उल्लेख्य रुपले बढेको छ ।

कम्पनिले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ६ करोड १३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा ११८० प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४७ लाख ९० हजार खुद नाफा कमाएको थियो ।

असार मसान्तसम्ममा लघुवित्तले ८० करोड ४ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । नाफा संगसंगै लघुवित्तले १२ करोड ५४ लाख १९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

त्यस्तै कम्पनीको समिक्षा अवधिसम्ममा चुक्तापुँजी ४ करोड २० लाख रुपैयाँ रहेकोमा प्रतिशेयर आम्दानी १४५.६५ रुपैयाँ बढेर १४६.०१ रुपैयाँ कायम भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ ४०९.४२ रुपैयाँ रहेको छ ।

लघुवित्तले साउन १३ गते २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*