सिनर्जी पावर डेभलपमेन्टको खुद नाफा घट्यो

२१ श्रावण २०७८, बिहीबार ०८:०८

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको गत आर्थिक बर्षमा खुदा नाफा २ करोड ६३ लाख २९ हजार रुपैयाँले घटेको हो

कम्पनीकोे अघिल्लो आर्थिक बर्षमा खुद नाफा २४.१४ ले घटेर १० करोड ९० लाख कमाएको थियो भने गत आर्थिक बर्ष २०७७।०७८ को चौथो त्रैमाससम्ममा ८ करोड २७ लाख ४९ हजार खुद नाफा कमाएको छ ।

चुक्ता पूँजी ७३ करो ३२ लाख ५० हजार, वार्षिक प्रतिशेयर आम्दानी ११.२९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १११.४० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.७९ गुणा रहेको कम्पनीले जनाएको छ । अघिल्लो आर्थिक बर्षमा २३ करोड ६२ लाख रहेको विद्युत बिक्री आम्दानी गत आर्थिक बर्षको असार मसान्तसम्ममा १४.६७ प्रतिशतले घटेर २० करोड १५ लाख सकंलन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*