निर्धन उत्थान लघुवित्तको मुनाफा अर्ब नजिक, चार अर्ब ५० करोड प्रोभिजनमा

२१ श्रावण २०७८, बिहीबार ०७:४०

काठमाडौं । लघुवित्त कम्पनीहरु मध्येमा ठूला कम्पनीमा पर्ने निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सो कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणले कम्पनी अप्ठेरोमा पर्दै गएको देखिएको छ । यद्यपि सो कम्पनीले चार अर्ब २६ करोड राईट ब्याक गर्दै झण्डै एक अर्ब रुपैयाँ मुनाफा देखाउन सफल भएको छ ।
कूल एक अर्ब ६९ करोड ५० लाख चुक्ता पुँजि भएको निर्धन उत्थान लघुवत्तले गत आवमा खराब ऋण बापत चार अर्ब २६ करोड रुपैयाँ उठाउन सफल भएको छ । तर, कम्पनीले यसै वर्ष पनि चार अर्ब ५० करोड भन्दा बढि खराव कर्जामा रुपान्तरण गर्नु परेपछि प्रोभिजन गर्नु परेको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ ।
सञ्चालन मुनाफा दुई अर्ब ६४ करोड नौ लाख ६२ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको सो लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ९१ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२३.२६ प्रतिशत बढी हो । मुनाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी समेतमा बृद्धि भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी आम्दानी ३५ रुपैयाँ २७ पैसा बढेर ५४ रुपैयाँ २३ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २६५ रुपैयाँ २५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.५१ गुणा रहेको छ ।
गत आवमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.५४ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी २५.४२ प्रतिशत बढेको छ । सो अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ अर्ब ८० करोड ३८ लाख रुपैयाँ ऋणात्मक छ । सम्भावित जोखिम बापतको व्यवस्थामा ४ अर्ब ५० करोड ९६ लाख १३ हजार रुपैयाँ  छुट्याएपछि लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक हुन पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १३ प्रतिशत र जगेडा कोष ५१.३९ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको सापटी ८.८६ प्रतिशत घटेको छ भने निक्षेप १८.५७ प्रतिशत र कर्जा लगानी १९.४९ प्रतिशत बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*