प्रगति गर्दै नेरुडे लघुवित्त, मुनाफा १५७% ले बृद्धि

२१ श्रावण २०७८, बिहीबार ०७:४५

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था प्रगति गर्दै अघि बढेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले औल्याएको छ ।

विवरण अनुसार लघुवित्तको खुद नाफामा राम्रो सुधार देखिएको छ भने अन्य सूचांकहरु पनि सकारात्मक देखिएका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १८ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जुन अघिल्लो आर्थिक वर्षको समीक्षा अवधीको १५७.३२ प्रतिशतले बृद्धि हो । सो संस्थाको आम्दानी बढेका कारण मुनाफा बढेको हो । खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै कर्मचारी खर्च र अन्य सञ्चालन खर्च नियन्त्रण गरेका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको वित्तीय विवरणमा झल्किएको छ ।

नाफा बढेसँगै नेरुडे लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४३ पैसा बढेर ३६ रुपैयाँ ९२ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.३३ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*