६२ करोड चुक्ता पुँजिको फरवार्ड लघुवित्तले कमायो ५७ करोड मुनाफा

२१ श्रावण २०७८, बिहीबार ०८:००

काठमाडौं । कूल ६२ करोड ५५ लाख १९ हजार चुक्ता पुँजि भएको फरवार्ड लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा झण्डै चुक्ता पुँजि बराबर मुनाफा आर्जन गर्न सफल भएको छ । सो लघुवित्तको मुनाफामा आएको बृद्धिसँगै प्रतिशेयर आम्दानी समेत बढेर ९१ रुपैयाँ माथि पुगेको छ ।

आज प्रकाशित गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा १८०.१७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा जम्मा ३२ करोड २३ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेकोमा गत असार मसान्तसम्ममा ९० करोड २९ लाख ९९ हजार रुपयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । खराब कर्जा नउठाएको कम्पनीले खुद मुनाफा २० करोड ४६ लाख ५० हजारबाट बृद्धि गरी ५७ करोड ४६ लाख ३६ हजार पुर्याउन सफल भएको छ । कम्पनीको वित्तीय विवरणमा आर्थिक रुपमा छलाङ मार्न सफल भएको देखिएको छ ।

खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै कर्मचारी खर्च र अन्य सञ्चालन खर्च नियन्त्रण गरेका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो । गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ६९.४६ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ७८.९० प्रतिशत र समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ५६.५७ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको सापटी ४५.१३ प्रतिशत, निक्षेप १८.६७ प्रतिशत र कर्जा लगानी ३४.२० प्रतिशत बढेको छ ।

नाफा बढेसँगै फरवार्ड लघुवित्तको प्रतिशेयर आम्दानी ५९ रुपैयाँ १५ पैसा बढेर ९१ रुपैयाँ ८७ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ ३०२ रुपैयाँ ५२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.१५ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*