बेष्ट फाइनान्सको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

२१ श्रावण २०७८, बिहीबार ११:१३

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको १ लाख ४ हजार ३१७ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीका केही संस्थापक शेयरधनीले शेयर बिक्रीका लागि आवेदन दिएपछि उक्त शेयर बिक्रीमा आएको हो । उक्त शेयर खरिद गर्न चाहाने इच्छुक संस्थापक शेयरधनिले सूचना प्रकाशित भएको ३५ दिन भित्र फाइनान्सको प्रधान कार्यालय कमलादी काठमाडौमा खरिद गर्न चाहेको शेयर सहित सम्पूर्ण विवरण खुलाई आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको समय भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति वा संस्थाहरुलाई बिक्री गर्न प्रक्रिया अगाडि बढाइने समेत कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*