साउन २९ गतेदेखि साहस उर्जाले ३५ लाख कित्ता आइपीओ निष्काशन गर्ने

२१ श्रावण २०७८, बिहीबार ११:२६

काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले आइपीओ निष्काशन गर्ने क्रममा साहस उर्जाले साउन २९ गते आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । आईपीओ निष्काशन बन्द छिटोमा भदौ ११ गते हुनेछ भने ढिलोमा भदौ २७ गते हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट आवेदन दिन सकिनेछ ।

साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*