बिहिबार सुनको मूल्य स्थिर हुँदा चाँदी घट्यो

२१ श्रावण २०७८, बिहीबार ११:३१

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोहि मूल्यमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबि सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी बुधबार १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य बिहिबार प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*