गुँरास लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार

२१ श्रावण २०७८, बिहीबार १२:०७

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफामा सुधार देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले २ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१४.७७ प्रतिशतले बढी हो ।

त्यस्तै, समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ६९.६२ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ६४.९० प्रतिशत र सञ्चालन मुनाफा ४९९.३८ प्रतिशत बढेको छ भने जगेडा कोष ११७.०९ प्रतिशत बढेको छ ।

समिक्षा अवधिसम्ममा संस्थाको चुक्तापुँजी ८ करोड ३४ लाख रहेकोमा प्रतिशेयर आम्दानी २२ रुपैयाँ १५ पैसा बढेर २६ रुपैयाँ ४६ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ५५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*