फर्स्ट माइक्रोफाइनान्सको ३ लाख बढी कित्ता संस्थापक शेयर लिलामीमा

२१ श्रावण २०७८, बिहीबार १२:१४

काठमाडौँ । आइ सि एफ सि फाइनान्सको स्वामित्वमा रहेको फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था संस्थापक समूहको शेयर बोलकबोल मार्फत बिक्रीमा ल्याएको छ ।

कम्पनीले ३ लाख १९ हजार ४१० कित्ता आज (साउन२१)देखि लिलामीमा ल्याएको हो । कम्पनीले सो शेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकेको छ । इच्छुक लगानीकर्ताले सो शेयर खरिद गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनिहरु वा योग्य जो कोही ब्यक्ति, कम्पनी, संघ सस्थाले भदौ २४ गतेसम्म मुक्तिनाथ क्यापिटल लिमिटिेड हात्तिसार काठमाडौमा प्रति कित्ता के कति दर रेटमा कबुल गर्न चाहेको हो सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी आवेदन पेश गर्ने सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*