आइसिएफसी फाइनान्सद्धारा पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह

२१ श्रावण २०७८, बिहीबार १३:३२

काठमाडौं । आइसिएफसी फाइनान्सले आफ्ना शेयरधनिलाई लाभांश लिन आग्रह गरेको छ। फाइनान्सले विगत ५ बर्ष देखी विभिन्न साधारण सभाहरुबाट पारित हुदै आएको पुरानो लाभांश रकम केही शेयरधनीले हालसम्म नलिएको लिनको लागि आग्रह गरेको हो ।

हालसम्म पुरानो लाभांश नलिएका शेयरधनिले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र कम्पनीको प्रशासन विभागमा सम्पर्क गरी लाभांस लिन सक्ने कम्पनीले जनाएको छ ।

तोकिएको समय भित्र भुक्तानी गर्न बाँकी लाभांश रकम प्रचलित कानून बमोजिम लगानीकर्ताको संरक्षण कोषमा जाने फाइनान्सले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*