सप्तकोशी डेभलपमेन्ट बैंकको खुद ब्याज आक्दानी घट्यो, संचालन नाफा बढ्यो

२१ श्रावण २०७८, बिहीबार १४:०२

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ६ करोड १९ लाख ३८ लाख रुपैयाँ खुद आर्जन गर्न सफल भएको छ।

अघिल्लो वर्ष यसले ३ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी भने घटेर २१ करोड ७२ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकले २२ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकले सञ्चालन नाफा ११२ प्रतिशतले बढेर ८ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष बैंकले यो त्रैमासमा ४ करोड १७ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । असारसम्म ४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको हालको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*