१६ अंकले घट्यो नेप्से परिसूचक, लगानीकर्ताको उत्साह कायमै

२१ श्रावण २०७८, बिहीबार १५:०८

काठमाडौं । साताको अन्तिम दिने नेप्सेमा शेयरको घटेको छ । समग्र मूल्य सूचांक १६ अंकले घटेर ३१०७.९५ कायम हुन आएको छ ।
बिहिवार कूल १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँको शेयर कारोबार भएको छ । शेयरको मूल्य घटेपनि लगानीकर्ताहरु उत्साहित नै देखिन्छन् । कारोबार रकम उल्लेख्य रुपमा बृद्धि भएसँगै लगानीकर्ता थप उत्साहित बनेका छन् ।

बिहिवार नेप्सेमा कूल २२५ वटा कम्पनीको दुई करोड ७६ लाख २१ हजार ८२८ कित्ता शेयर खरिद बिक्री भएको छ । साताको अन्तिम दिन विकास बैंक र बैंक समुह मात्रै हरियाली छाएका छन् । बैंक ०.०१ प्रतिशतले मात्रै बृद्धि भएको छ भने विकास बैंक २.२१ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै मूल्य घट्नेमा हाईड्रोपावर २.१६ र लगानी १.४३ तथा उत्पादन १.३४ उपसमुह रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*