अपर तामाकोशीको एकै दिन ६५ करोडको शेयर खरिद बिक्री, यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनी

२१ श्रावण २०७८, बिहीबार १५:२४

काठमाडौं । नेप्समो आज एकै दिन अपर तामाकोशी हाईड्रोको ६५ करोड ३० लाख ६१ हजार २९६ रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेमा आज सर्वाधिक कारोवार भएका १० कम्पनीको सूचिमा अपर तामाकोशी पहिलो नम्वरमा पुगेको छ ।

दोस्रो नम्वरमा अपी पावर कम्पनी परेको छ । सो कम्पनीको आज एकै दिन ५८ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ । त्यस्तै, अरुणभ्याली हाईड्रोपावरको ४९ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने फस्र्ट माइक्रोफाइनान्स विकास बैंकको ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अरुण कावेली हाईड्रोपावरको २८ करोड रुपैयाँको शेयर कारोबार हुँदा ज्योति विकास बैंकको २६ करोड ८९ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सानिमा माई हाइड्रोपावर र हाईड्रोइलेक्ट्रीसिटीको २६ करोड, बुटवल पावर कम्पनीको २६ करोड र युनिभर्सल पावर कम्पनीको २५ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा कम मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको पाँच हजार ९६५.२० रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*