कसको मूल्य धेरै घट्यो, कसको मूल्यमा सर्किट लागेर भयो कारोबार ? यही हुन् आज सर्वाधिक गुमाउने र कमाउने कम्पनी

२१ श्रावण २०७८, बिहीबार १५:३१

काठमाडौं । आज पूँजी बजारमा २२५ कम्पनीको २ करोड ७६ लाख ८६ हजार ४२० कित्ता किनबेच हुँदा साढे १४ अर्ब माथिको कारोबार भएको छ ।

आज नेपाल फाइनान्स, कर्णाली डेभलमेन्ट बैंक र जिवन विकास लघुवित्तको पोजेटीभ सर्किट लागेको छ । यूनियन लाइफ इन्स्योरेन्सको सर्किट लेभलमा कारोबार भइ सार्वधिक कमाउन सफल भएका छ । जानकी फाइनान्सको ६.२२ प्रतिशत अकं र फस्र्ट माईक्रो फाइनान्सको ६.१२ प्रतिशत अकंले शेयर मूल्य वृद्धि उल्लेखित कम्पनीका लगानीकर्ताहरुले धेरै कमाउन सफल भएका छन् ।

आज गुमाउने कम्पनीहरुमा यूनिर्भसल पावर कम्पनीको ६.७९ प्रतिशत, घलेम्दी हाईड्रोको ५.२२ प्रतिशत, शिवश्री हाईड्रोपावर ५.०९ प्रतिशत र रादी हाईड्रोपावर डेभलमेन्ट कम्पनीको ५ प्रतिशत शेयर मूल्य घटेको छ । उल्लेखित कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाउनु परेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*