साउन २९ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि साहस उर्जाले आइपीओ जारी गर्ने

२१ श्रावण २०७८, बिहीबार १६:१३

काठमाडौं । साउन २९ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई साहस उर्जा कम्पनीले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले सोलखुम्बु जिल्लाका लागि कुल ३५ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । जसमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको शेयरमा स्थानियले भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा भने भदौ २७ गतेसम्म खुला रहनेछ । कम्पनीको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*