दुई दिन नेप्सेको सम्पूर्ण सिस्टम नचल्ने

२१ श्रावण २०७८, बिहीबार १७:१७

काठमाडौं । नेप्सेको सिस्टम (प्रणाली) भोलि र पर्सि शनिबार पूर्ण रुपमा बन्द हुने भएको छ। नेप्सेले आज एक सूचना प्रकाशित गर्दै २२ र २३ गते नेप्सेको सम्पूर्ण प्रणाली बन्द रहने जानकारी दिएको हो ।

नेप्सेले डाटा सेन्टरमा मर्मत र स्तरोन्नति गर्नका लागि नेप्से प्रणाली २ दिनका लागि बन्द गरिने जानकारी दिएको छ । नेप्सेले यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*