कसुवा खोला हाइड्रोपावरको साधारणसभा आज, एजेण्डाहरु यस्ता छन्

२२ श्रावण २०७८, शुक्रबार ०६:३५

काठमाडौं । कसुवा खोला हाइड्रोपावरले बार्षिक साधारणसभा आज हुँदैछ । सभा आज बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वरमा हुने कम्पनीले जानकारी दिएको छ।

उक्त सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*