आजदेखि खुल्ला गरिएको सामलिङ पावरको आइपीओ स्थगित

२२ श्रावण २०७८, शुक्रबार ०६:४३

काठमाडौं । आजदेखि सामलिङ पावरले आयोजना प्रभावित जनताको लागि खुल्ला गरेको आईपिओ निष्काशन स्थगित गर्ने निर्णय गरेकोछ । आयोजनास्थल इलाममा साउन १८ गतेदेखि २५ गतेसम्म निषेधाज्ञा जारी गरेका कारण आईीपओ निष्काशन स्थगित गरिएको कम्पनीले जनाएको छ । उक्त आईपिओ अर्को सूचना नआएसम्मको लागि स्थगन गरिएको कम्पनीले जनाएको छ ।

सामलिङ पावर कम्पनीले पहिलो चरणमा स्थानियलाई ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता शेयर विक्री गर्न लागेको छ ।

कम्पनीले असार ३१ गते नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारणका लागि १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसअनुसार कम्पनीले पहिलो चरणमा उक्त कित्ता आइपीओ आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गर्ने  सूचना जारी गरेकोमा हिजो पुनः अर्को सूचनाद्वारा आईपिओ स्थगित गरिएको हो ।

आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात् ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर निष्काशन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*