उन्नती सहकार्य लघुवित्तको खुद नाफा १९२ प्रतिशतले बढ्यो

२२ श्रावण २०७८, शुक्रबार ११:०५

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले खुद नाफा उल्लेख्य रुपमा कमाएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ९ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९२.८८ प्रतिशत बढी हो ।

त्यस्तै समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३९.३५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २००.५५ प्रतिशत बढेको छ । सो अवधिसम्ममा लघुवित्तले १ करोड ३८ लाख ४० हजार रुपैयाँ खराब कर्जा उठाएको छ ।

साथै लघुवित्तको चुक्तापूँजी १७.८१ प्रतिशत रहेको छ । जुन अघिल्लो अािर्थक वर्षको तुलनामा सो प्रतिशतले बढेको हो । त्यस्तै जगेडा कोष १३७.६६ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ । सो अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ २३ पैसा बढेर ५३ रुपैयाँ ९२ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ३८ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*