एनआईसी एशिया बैंकको एटीएम मेसिन फुटाउने पक्राउ

२२ श्रावण २०७८, शुक्रबार ११:१४

काठमाडौँ । एनआईसी एशिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना ब्यक्ति पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका ६ बौद्ध टुसालस्थित एनआईसी एशिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अबस्थामा गोकर्णेश्वर नगरपालिका ६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ भोटेचौर घर भएको ३४ वर्षीय विनोद चौलागाईलाई पक्राउ गरेको हो ।

बुधबार राती साढे १ बजेको समयमा एटीएम फुटाउँदै गरेको अवस्थामा प्रहरी वृत बौद्धमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*