नाडेप लघुवित्तको खुद नाफामा उत्कृष्ट प्रदर्शन, अन्य सूचक कस्तो ?

२२ श्रावण २०७८, शुक्रबार ११:४०

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार संस्थाको खुद नाफा ८३६९.११ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको असारमसान्तसम्ममा लघुवित्तको खुद नाफा १५ हजार ६८ लाख ४८ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा सोही प्रशितले बढेको हो । अघिल्लो आर्थिक बर्षको सोही अबधिमा लघुवित्तले खुद नाफा १८ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत असार समान्तसम्ममा लघुवित्तले ४७ करोड ५७ लाख ७ हजार रुपैयाँ आर्जन गरेको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक बर्षको सोही अवधिमा २५ करोड ३६ लाख १४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै समिक्षा अवधिसम्ममा लघुवित्तको चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँ स्थिर रहेको छ । त्यस्तै, जगेडा कोष ६५.७५ प्रतिशतले बढेर ३६ करोड ७२ लाख ९ हजार रुपैयाँ पुगेको छ भने निक्षेप संकलन १ अर्ब ५४ करोड ४२ लाख ४७ हजार रुपैयाँ रहेको छ । कर्जा लगानी ६.७२ प्रतिशतले बढेर ४ अर्ब ४० करोड ४० लाख ७८ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ९९ पैसा बढेर ३८ रुपैयाँ ७५ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*