खुद ब्याज र संचालन मुनाफा बढ्दा एनआईसी एशिया लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार

२२ श्रावण २०७८, शुक्रबार ११:४९

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले खुद नाफामा सुधार गरेको देखिएको छ ।

गत आर्थिक वर्षका असारमसान्तसम्ममा लघुवित्तले ५६ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२१.४९ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफामा सुधार देखिएको हो ।

साथै समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७५.९३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २२९.२० प्रतिशत बढेको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको चुक्ता पूँजी १७.५३ प्रतिशत बढेको छ भने जगेडा कोष २३३.५६ प्रतिशत बढेको छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ । सो अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६० पैसा बढेर ३२ रुपैयाँ ४६ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ८४ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*