नेप्सेमा ३ लघुवित्तको बोनस शेयर सूचिकृत

२२ श्रावण २०७८, शुक्रबार १२:१२

काठमाडौं । नेप्सेमा आज ३ लघुवित्तको बोनस शेयर सूचिकृत भएको छ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

नाडेप लघुवित्तको ३ लाख ६८ हजार कित्ता, मिथिला लघुवित्तको १ लाख ४६ हजार ८९ कित्ता र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको १२ लाख ५१ हजार ३८ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन् ।

नाडेप लघुवित्तको गत वर्षको असोज २८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोननस शेयर सूचिकृत भएको हो । त्यस्तै, मिथिला लघुवित्तको १२ प्रतिशत र फरवार्ड लघुवित्तले गत फागनु २१ गते सम्पन्न साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*