रिलायन्स फाइनान्सको ८ लाख बढी कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

२२ श्रावण २०७८, शुक्रबार १२:२३

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको बोनस शेयर शुक्रबार नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको ८ लाख ३२ हजार ४१६ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सो सूचिकृत पश्चात लगानीकर्ताले आइतबारदेखि नै उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन् ।

कम्पनीले वैशाख २२ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*