मेघा बैंकले बाराका माछापालक किसानलाई सहुलियपूर्ण कर्जा प्रवाह गर्ने

२२ श्रावण २०७८, शुक्रबार १२:४७

काठमाडौँ । मेघा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानलाई सहुलियपूर्ण कर्जा प्रवाह गर्न सम्झौता गरेको छ ।

बैंक र ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछापालन गर्ने कृषकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका अध्यक्ष भोजबहादुर शाह र सिईओ अनुपमा खुज्ञेली, आक्वा बिजनेश प्राइभेटका तर्फबाट अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरी आचार्यले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बारा जिल्लाको कोल्हवी नगरपालिकामा रहेको माछापालक कृषकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सहकारीले माछापालक कृषकहरुलाई प्राविधिक सहयोग र अन्य सामाग्रीहरु आपूर्ति गर्ने र बैंकले सहुलियतपूर्ण र अन्य आवश्यक कर्जाहरु सहज गराउने जनाएको छ । सहुलियतपूर्ण कर्जाले माछापालक कृषकहरुलाई प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*