शेयरधनीलाई पुरानो लाभांश लिन हिमालयन बैंकको आग्रह

२२ श्रावण २०७८, शुक्रबार १२:५२

काठमाडौँ । हिमालयन बैंकले आफ्ना शेयरधनिलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकको विभिन्न साधारण सभाबाट पारित हुदै आएको लाभाशं रकम तथा बोनश शेयर लिन बैंकले अनुरोध गरेको हो ।

लाभांश रकम तथा बोनश शेयर लिन नआएको र शेयरधनिले बैंकलाई उपलब्ध गराएको ठेगानामा उक्त शेयर पठाउदा व्यक्ति फेला नपरेको र ठेगाना अस्पष्ट भएको कारणले गर्दा लाभांश फिर्ता आउने गरेको छ ।

हालसम्म पनि लाभांश पूर्जा तथा बोनस शेयर प्राप्त गर्न नसकेका शेयरधनिले हिमालयन क्यापिटलमा सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आफ्नो परिचयपत्र वा शेयर प्राणपत्र साथमा लिई लाभांश पूर्जा बोनश शेयर लिन सकिने बैंकले जनाएको छ ।

साथै शेयरधनिहरुले लाभांश भुक्तानी घोषणा गरेको ५ बर्षसम्म पनि लिन नआएमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जाने कम्पनीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*