घोडीघोडा लघुवित्तको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक

२२ श्रावण २०७८, शुक्रबार १३:३६

काठमाडौं । घोडीघोडा लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा लघुवित्तले नोक्सानीलाई बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्त १८ लाख ४३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ।

यस त्रैमासको अवधिसम्ममा एक करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७५ प्रतिशतले कम हो। लघुवित्तको सञ्चालन नोक्सानी पनि १८ लाख ४४ हजारबाट बढेर ५० लाख ६३ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात ४.९३ प्रतिशत छ।

लघुवित्तको हालको चुक्ता पूँजी २ करोड ७६ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष ५४ लाख ४१ हजार रूपैयाँले ऋणात्मक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*