ग्लोबल आईएमई लघुवित्तको एकै दिन ७ नयाँ शाखा विस्तार

२२ श्रावण २०७८, शुक्रबार १४:०१

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले एकैदिन विभिन्न ठाँउहरुमा नयाँ शाखा विस्तार गरेको छ।

संस्थाले बाँकेको ढकेरी, सप्तरीको छिन्नमस्ता, रोल्पाको त्रिवेणी, रुपन्देहीको बनागाई, ओखलढुङ्गाको लिखु, उदयपुरको चुहाडे तथा झापाको धुलाबारीमा थप ७ शाखा विस्तार गरेको हो । हालसम्म २ अर्ब १५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको र कर्जा लगानी ६ अर्ब ३७ करोड ११ लाख रुपैयाँ रहेको लघुवित्तले जनाएको छ ।

थप ७ शाखा कार्यालय थपेसँगै अहिले लघुवित्तका ५१ जिल्लामा १०८ शाखा कार्यालय रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*