एनआईबिएल एस क्यापिटलमा डिम्याट खाता खोल्दा शेयर उपहार पाईने

२२ श्रावण २०७८, शुक्रबार १४:३२

काठमाडौं । एनआईबिएल एस क्यापिटलबाट अब निःशुल्क हितग्राही खाता खोल्न सकिने भएको छ ।संस्थाले आफ्ना ग्राहकहरुलाई हितग्राही खाता खोल्दा पैसा तिर्न नर्पने बिशेष योजना ल्याएको हो ।

क्यापिटलले साउन २० गतेबाट हितग्राही खाता खोल्ने ग्राहकहरुलाई गोलाप्रथाबाट मासिक रुपमा १० जना भाग्यशाली विजेतालाई नेपालकै पहिलो खुलामुखी योजना एनआईबिएस सहभागिता फण्ड को १०० इकाइ उपहार दिने भएको छ ।

उक्त योजना कात्तिक २० सम्म लागू हुनेछ । ग्राहकहरुलाई सेवा प्रवाहलाई झन्झट सरल बनाउने हितले हितग्राही खाता खोल्न तथा मेरो सेयर दर्ता विधुतीय प्रणाली मार्फत सहज रुपमा गरीरहेको क्यापिटलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*