मेगा बैंकद्धारा बाराको जीतपुरमा नयाँ शाखा विस्तार

२२ श्रावण २०७८, शुक्रबार १४:५७

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले प्रदेश नम्बर २ अन्तरगत बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो । सो शाखा विस्तारपछि बैंकको १ सय ८५ वटा शाखा पुगेको छ ।

बैंकले केही दिन अघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो । साथै बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*