राष्ट्र बैंकले शनिबार पनि आरटीजीएस प्रणली सुचारु गर्ने

२२ श्रावण २०७८, शुक्रबार १५:१८

काठमाडौं । भोलि (शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने भएको छ। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

बैंकले “विकास ऋणपत्र २०७९ ’घ’“ को व्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने सूचना मार्फत जानकारी दिएको हो । भोलि बिहान १०ः३० बजेदेखि ११ः३० बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहने राष्ट्र बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*