प्रभु बैंकमा रकम जम्मा गर्दा लाइनमा बस्नु नपर्ने, मेशिनबाटै हुन्छ निक्षेप जम्मा

२२ श्रावण २०७८, शुक्रबार २३:१९

काठमाडौं । अत्याधुनिक बैंकिङ सेवा प्रवाह गर्ने क्रममा प्रभु बैंकले मेशिनबाटै डिपोजिट गर्ने व्यवस्थाको सुरुवात गरेको छ । नयाँ व्यवस्थासँगै अब सर्वसाधारणहरु बैंकमा लाइन बसेर रकम जम्मा गर्ने परिपाटीको अन्त्य भएको छ ।

ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै नगद जम्मा गर्नको लागि मेशिन(क्यास रिसाइकल मेशिन–सीआरएम) बाट खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । एटिएम मेशिनमा रकम निकाले झै उक्त मेशिनमा गई आफ्नो वा चाहेको व्यक्तिको खाता नम्वर थिचेर मेशिनमा नगद जम्मा गरेपछि सिधैं खातामा जाने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको प्रभु बैंकले जनाएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै योजना रहेको बैंकले जनाएको छ ।
मेशिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं. टाइप गर्ना साथै उक्त मेशिनमा रकम जम्मा÷राख्ने बक्स खुल्नेछ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट÷भौचर प्रिन्ट हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*